0 COMMENTS

साउन ७, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पोल्याण्डले बेलारुसी र युक्रेनको पश्चिमी भू-भागमा हमला गरे जवाफी कारवाही गर्ने चेतावनी दिएका छन् । रुसी सुरक्षा परिषद्को बैठकमा पुटिनले पोलिस नेताहरुले युक्रेन युद्धमा हस्तक्षेप गरी यसको पश्चिमी हिस्सालाई कब्जा गर्न खोजेको दावीसमेत गरेका छन् ।

पोल्याण्डले बेलारुसमा समेत हमला गरेर केही भूभाग कब्जा गर्ने सोच बनाएको भन्दै पुटिनले त्यो रुसमाथिको हमला हुने र त्यसको जवाफी कारवाही गर्ने बताए ।

बैठकमा पुटिनले किभ शासकले आफ्नै जनताबिरुद्ध बमबारी गर्दै आफ्नो भूमि विदेशी मालिकहरुलाई बुझाउने तयारी गरिरहेको दाबी समेत गरे । पोल्याण्ड बेलारुस, रुस र युक्रेनसँग जोडिएको नेटो सदस्य मुलुक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।