0 COMMENTS

असार ३०, काठमाडौँ । हाला देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूर-पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठाउँमा भारी वर्षातका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।