0 COMMENTS

असार ८, पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतापछि चार नम्बर प्रदेशमा बिहीबार सम्पन्न दुईदिने अधिवेशनले सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनका क्रममा पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला र कार्यालय सदस्य रामश्री श्रीसले राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिक परिवेश, क्रान्तिका चुनौती र सम्भावनाबारे प्रशिक्षण दिए ।

पार्टी प्रवक्ता कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता अधिवेशनको अध्यक्षता प्रदेश संयोजक अनुकूलले गरेका थिए भने सञ्चालन प्रदेश सह-संयोजक रुपेशले गरेका थिए ।

कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज आजादले आवश्यक दिशानिर्देशनात्मक मन्तव्य राखेका थिए । अधिवेशनमा पार्टीको ४ नम्बर प्रदेशका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।