0 COMMENTS

असार ७, काठमाडाैँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो । प्रहरीका‌‌ अनुसार मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गर्दा जिप दुर्घटना भएको हो । घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका- ५ की ८ बर्सिया बालिका वर्षा केसी रहेकी छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जना मुसिकोट नगरपालिकाका र २ जना दाङका रहेका छन् । घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।