0 COMMENTS

असार ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भर्खरै घोषणा गरिएको समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । 

गत सोमबार समाजवादी मोर्चाको घोषणा भएपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच गम्भीर छलफल भएको छ । दुबै नेताले पार्टी एकताका बारेमा पनि कुराकानी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।