0 COMMENTS

जेठ ३०, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, मटरकोसा प्रतिकेजी मूल्य १८०, कुरिलो २५०, काउली स्थानीय ४०, आलु रातो ४०, नेपाली गोलभेँडा ठूलो ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ, ब्रोकाउली ७०, कागती १५० रुपैयाँ, चमसूरको साग १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुंगरी)  ३२०रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ । यस्तै, मालदह आँप ७०, लसुन २३०, चाइनिज लसुन २३६ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।