0 COMMENTS

जेठ २१, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा बजेटमाथि औपचारिक बहस सुरु हुँदैछ । संसद सचिवालयका अनुसार संसद बैठक ११ बजेको लागि बोलाइएको छ ।

अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि पेश राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए । यस्तै बैठकमा पूर्वमन्त्री मीना पाण्डको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।