0 COMMENTS

जेठ ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सहितका पाँच दलले पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रमा निर्माण गर्ने भनिएको बहुचर्चित ट्रमा सेन्टर गुम्न दिन नहुने भन्दै दबाबमुलक रुपमा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

जेठ लागि सक्दाँ पनि जग्गा यकिन गर्न नसकेर ट्रमाको योजना अलपत्र परेको भन्दै पाँच दलले बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएका हुन् । विहीबार नेकपा (एमाले) राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै यथाशिघ्र टेण्डर आब्हान गर्न माग गरे ।

एमालेका नगर बर्दघाट कमिटी अध्यक्ष रविन्द्र विक्रम हमाल, रास्वपाका नगर कमिटी अध्यक्ष प्रकाश रिमाल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता चुडामणी भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कमिटी अध्यक्ष गुप्त बहादुर शाहीको हस्ताक्षरमा ज्ञापन पत्र बुझाइएको थियो ।

ज्ञापन पत्रमा आजको मितिसम्म पनि कुन स्थानमा ट्रमा सेन्टर निर्माण गर्ने भन्ने कुराको ठोस कार्यान्वयन हुन नसक्दा विवाद भई नगरपालिका रुमलिएको देखिँदा ट्रमा सेन्टर नै नबन्ने र गुम्ने खतरा देखिएको उल्लेख छ ।

ज्ञापन पत्रमा नगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ४ को स्थान ट्रमा सेन्टरको लागि उपयुक्त हुने भन्दै नगरभित्र जहाँसुकै स्थानमा बनाए पनि हुने भनिएको छ । ट्रमा सेन्टरको योजना गुम्दा नगरलाई क्षति हुने भएकोले निर्माणको स्थान तय गरेर अविलम्ब प्रक्रिया अगाडी बढाउन आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझाउने टोलीले जनप्रतिनिधिहरुको विवादका कारण ट्रमा सेन्टर गुमे आफूहरुलाई सह्य नहुने समेत बताएका थिए । सो अवसरमा एमालेका नगर बर्दघाट कमिटी रविन्द्र बिक्रम हमाल, रास्वपाका नगर कमिटी अध्यक्ष प्रकाश रिमाल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता ज्ञानबहादुर केसीलगायतले नगर प्रमुख श्रेष्ठ र उपपप्रमुख रुद्र प्रकाश उपाध्यायको ध्यानाकर्षण गराउदै ट्रमा सेन्टर बनाउने अवसरबाट नगरवासीलाई बन्चित गराउन नहुने जोड दिनुभयो ।

ज्ञापन पत्र बुझेपश्चात बर्दघाट नगर प्रमुख श्रेष्ठले बर्दघाट नगर बासीले अबको दुई दिनमा खुसीको खबर सुन्न पाउने दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।