0 COMMENTS

जेठ ३, काठमाडौँ । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

आजदेखि लागु हुने गरी विभागले लामो दूरीका सवारी र मालबाहक गाडीको भाडादर घटाएको हो । विभागले यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले र पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४।६५ प्रतिशतले भाडा घटाएको छ । विभागको नयाँ भाडादर अनुसार काठमाडौँबाट सबैभन्दा लामो रुट पर्ने अत्तरीया, बाजुराको मार्तडी (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर पर्ने भएको छ ।

काठमाडौं–अत्तरीया–चैनपुर (९४४ किमी) को २९४३ रुपैयाँ, काठमाडौं–धनगढी–साँफेबगर (८९९ किमी) को २६९३, काठमाडौं–अत्तरीया-सिलगढीको २४०८, काठमाडौं-महेन्द्रनगरको १९१५, काठमाडौं-सुर्खेतको १७४०,काठमाडौं-धनकुटाको १७२७, काठमाडौं-विराटनगर १४९८ कायम भएको छ । त्यसैगरी महेन्द्रनगर-काँकडभिट्टा ९९२२ किमी० को २४७५, सुर्खेत-धरानको २४४२ रुपैयाँ र काठमाडौं-जनकपुर ९०३, भाडा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।