0 COMMENTS

काठमाडौं — जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको होे । २ वा २ भन्दा बढि प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको सङ्ख्या तोकिएको छ । मातहत समिति र संगठनहरुलाई जेष्ठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाले शुक्रबार परिपत्र जारी गरेको छ । अधिवेशनमा प्रतिनिधित्व गर्ने सङ्ख्या निम्नानुसार तय भएको छ ।केन्द्रीय समिति ४२३ जना, ७ प्रदेश समितिबाट ४९ जना, १० वटा राष्ट्रिय समितिबाट ५० जना, ३ वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १३५ जना, ५ वटा महानगरपालिकाबाट ५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।


ट्रेड युनियन महासंघ, विद्यार्थी, युवा, महिला, कानून व्यवसायीबाट २र२ जना प्रतिनिधि हुने छन् । बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासंघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ, खेलकुद महासघ, साँस्कृतिक महासंघ, पिछडा वर्ग महासंघ, शिल्पी दलित महासंघ, थारु संघ, मुस्लिम संघ, सुकुम्वासी संघ, प्रेस युनियनबाट १र१ जना प्रतिनिधि हुने छन् ।
बैठकले मधेस प्रदेश समितिलाई, प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुलाई थप प्रतिनिधिको व्यवस्था गरेको छ । जस अनुसार मधेस प्रदेश समितिलाई ५ जना, प्रदेश १ का धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट ४र४ जना,
मधेस प्रदेशका प्रत्येक जिल्लाबाट ५र५ जना थप प्रतिनिधि रहने छन् । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई ४र४ जना थप प्रतिनिधिको व्यवस्था गरिएको छ । केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने छ, पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।