0 COMMENTS

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपि ओली र अख्तियार प्रमुख प्रेम राईलाई पक्राउ गर्न गृह मन्त्रालयमा उजुरी परेको छ।  नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई सम्बोधन गर्दै दर्ता भएको उजुरीमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारा एमाले अध्यक्ष केपी ओली भएको आरोप लगाइएको छ । ओली स्वयंले त्यस्तो कुरा स्विकार गरेको दावी पनि सफलको उजुरीमा गरिएको छ । सफलले अख्तियार प्रमुख प्रेम राईलाई पनि पक्राउ गर्न माग गरेका छन् । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पनि मतियार भएको सफलको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।