0 COMMENTS

वैशाख २०, काठमाडौँ । नेकपाका महासचिव विप्लव र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच मङ्गलबार डिल्लीबजार कारागारमा भेटघाट भएको छ । बिगत ६ बर्षदेखी जेलमा रहेका चौधरीको स्वास्थस्थिति बुझ्न र देशको विद्यमान समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्न महासचिव विप्लवले डिल्लीबजार केन्द्रीय कारागारमा रहेका चौधरीलाई भेटघाट गरेका हुन् ।

मङ्गलबार भएको भेटघाटको क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले आफूमाथि राज्यले अन्याय गरेको, अहिलेको सत्तामा रहेका राजनीतिक पार्टीहरूको गलत प्रवृत्तिका कारण देश संकटमा फस्दै गएको र अब नेपाली जनताले सत्तासिन राजनीतिक दलहरूको विकल्प खोज्ने अवस्था आएको बताएका थिए ।

महासचिव विप्लवले चौधरीमाथिको राज्यको रबैया गैरन्यायिक भएको पार्टीको ठहर रहेको र नेकपाले उनको रिहाईका लागि पहल गर्ने बताएका थिए । भेटघाटको क्रममा नेपाल कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचका साझा र मिल्ने बिषयमा सहकार्य गरेर जाने सहमतिसमेत भएको विप्लवको सचिवालयले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।