0 COMMENTS

वैशाख १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन् । शनिबार नेकपा स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आजको संसदीय व्यवस्था असफल भइसकेको बताएका हुन् । उनले रुसमा लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको समेत बताए ।

महासचिव विप्लवले अगाडि भने, नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाईराखेको छ । त्यसैले हामीले यो बाट अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौँ । छलफल गरौँ । हाम्रो यो दृष्टिकोण हो । जनतालाई स्वाधिन बनाउन छ भने जनताको सत्ता बाहेक अरुबाट सम्भव छैन ।’ उनले देशलाई स्वाधिन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि बैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुटन पनि अन्य कम्युनिस्ट पार्टीहरुलाई आग्रह गरे । जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिस्ट पार्टीहरुसँग खुला बहस गर्न चाहेको पनि महासचिव विप्लवको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।