0 COMMENTS

वैशाख ९, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । शनिबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त भएका हुन् । ६० सदस्यीय प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ मत पर्‍याे ।

विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन आवश्यक थियो । आज ५९ मत खसेकोमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेका अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा गएको पुष २५ गते मुख्यमन्त्री बन्नुभएको हो ।

नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।