0 COMMENTS

वैशाख ९, काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा चार वटा टिपर एक आपसमा ठोक्किएका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौँ आइरहेका तीन वटा टिपरले एक अर्कालाई ठक्कर दिंदा उक्त्त घटना भएको हो । एकै दिशाबाट आएका बा ५ ख ४५७०, प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७ र ना ८ ख २९१९ नम्बरको टिपर आपसमा ठोक्किएका हुन् ।

बिहानको ४ बजेको समयमा टिपर आपसमा ठोकिएको र मानवीय क्षति भने नभएको साँखु प्रहरी कार्यालयकी प्रमुख फूलमाया घिसिङले बताएका छन् । दुर्घटनामा १ जना चालक सामान्य घाइते भएका छन् । घाइते चालकलाई उद्धार गरेर साँखुमा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।