0 COMMENTS

वैशाख ७, काठमाडौँ । आज राति १२ बजेदेखि उपचुनावको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोग का अनुसार यही बैशाख १० गते हुन लागेको उपचुनावको मौन अवधि चितवन-२, बारा–२ र तनहुँ–१ मा आज राति १२ बजेदेखि सुरु हुन लागेको हो । मध्य रातिबाट मौन अवधि सुरु हुने भएपछि राजनीतिक दल र उम्मदेवारले प्रचारप्रसारलाई तीब्र पारेका छन् । आज धेरै ठाउँमा चुनावी प्रचार तथा सभाको आयोजना गरिएको छ ।

निर्वाचन आचारसंहित अनुसार मौन अवधि सुरु हुनु अगाडि नै मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने छ । यो अवधिमा चुनावको प्रचारप्रसारलाई पूर्णरुपमा रोक लगाइएको छ । उम्मेदवारको पक्षमा  एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचारप्रसार र अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न पाइने छैन । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।