0 COMMENTS

वैशाख ६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राजतन्त्रविरुद्ध गणतन्त्रको आन्दोलन चलिरहेको बेला नेपाल पत्रकार महासंघले राजनीतिक दलहरू भन्दा अगाडि रहेर गणतन्त्रको निर्णय संस्थागत ढङ्गले गर्नु साहसिक निर्णय भएको बताएका छन्र । बुधबार जनप्रचार तथा प्रकाशन प्रालिद्वारा काठमाडौँको रामशाहपथस्थित नेपाल बार एशोसियसनको हलमा आयोजित राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक अन्तर्क्रिया तथा जनपत्रिका मासिकको लोकार्पण कार्यक्रमलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन् ।

मन्तव्यको क्रममा महासचिव विप्लवले सूचनासञ्चार र पत्रकारिताको सुरुवात नै प्रारम्भमा जनताको सेवाका लागि भएको थियो तर समाज वर्गमा बिभाजित भएपछि नै पत्रकारिता पनि बिभाजित हुन पुगेको हो अब सञ्चार नागरिकको आधारभुत आबध्यकता भएको बताए । पञ्चायतकाल देखि नै नेपालको पत्रकारिता वा सञ्चार माध्यमहरु कुनै न कुनै रूपमा लडिरह्यो” उनले भने- जनयुद्धको समयमा पनि नेपालको पत्रकारिताले बिना पुर्वाग्रह सत्यतथ्य बाहिर ल्याउने काम गरेको थियो ।

अन्तर्क्रिया कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष गोविन्द आचार्य र बिष्णु निष्ठुरी, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले देशको समसामयिक स्थिति र नेपालका सञ्चार माध्यमहरुको दायित्वबारे मन्तव्य राखेका थिए ।

जनप्रचार तथा प्रकाशन प्रालिका निर्देशक अनिल शर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रबन्धक धनराजले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन जनपत्रिका मासिकका प्रधान सम्पादक प्रकाश डुम्रेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।