0 COMMENTS

चैत ३०, काठमाडाैँ । पहाडबाट खसेको  ढुंगा लागेर घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका- ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । पहाडबाट खसेको ढुंगा लागेर गुरुङ गम्भीर घाइते भएका थिए । मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङको सरिरमा भिरबाट खसेको ढुंगा लागेको थियो । उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

गोरखा १ का सांसद राजेन्द्र बजगाईंले ढुंगा लागेर घाइते गुरूङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी उद्धार गरिएको बताएका छन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।