0 COMMENTS

चैत २५, काठमाडौँ । नेपाली नागरिकता लिएको आरोपमा नेपाल प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताएका छन् । उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले बिहीबार वौद्धबाट पक्राउ गरेको हो ।

२ वर्षअघि तिब्बतबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवालसँग सम्पर्क गरेकी थिइन् । कटुवालले नागरिकता बनाइदिएवापत उनीसँग ५ लाख रुपैयाँ लिएको पनि खुलेको छ । यसअघि प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन संलग्न कटुवालसहित ५ जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।