0 COMMENTS

चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिमण्डल विस्तार गर्दैछन् । बुधबार बालुवाटारमा दुई चरणमा भएको गठबन्धन दलहरुको बैठकले मन्त्रालयको टुंगो लगाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।

सरकारमा ९ दल सहभागी हुन लागेका छन् । रवि लामिछानेको पार्टी बाहेक गठबन्धनका आवद्ध दल सरकारमा सहभागी हुन लागेका छन् । बुधबार भएको सहमति अनुसार अर्थसहित नेपाली काँग्रेस ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको थियो । त्यस्तै, लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

मन्त्री‍हरुको नामकोक टुंगो लगाउन दलहरु विहानैबाट आन्तरिक छलफलमा जुटेका छन् । दिउँसोसम्म दलहरुले नामको टुंगो लगाउने र साँझसम्म शपथ खुवाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।