0 COMMENTS

चैत ८, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनाको लागि आजबाट दल दर्ता सुरु गर्न सकिने जनाएको छ । आयोगले उप-निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलले दल दर्ता सुरु गर्न सक्ने जनाएको हो । आयोगले दल दर्ताको समय सीमा चैत १२ गतेसम्म तोकेको छ । बैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।

तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त भएको छ । रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पद बदर गरेपछि चितवन–२ रिक्त भएको थियो भने जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा संसद् पद रिक्त हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।