0 COMMENTS

चैत ५, काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । १४ बर्षपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चुनाव हुन लागेको हो । त्रिविका ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा निर्वाचन हुँदैछ । स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि केही क्याम्पसबाट साँझ र धेरैले रातिबाट मतगणना सुरु गर्ने तयारी गरेका छन् ।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन् । त्रिविले एक विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सबैमा अपील गरेको छ ।

स्ववियु चुनावमा मुख्यगरी तीन संगठनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारी, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिलेसम्म अखिल क्रान्तिकारी सबैभन्दा धेरै ३४ क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको छ । नेविसंघ र अनेरास्ववियु भन्दा अखिल क्रान्तिकारीले दोब्बर बढी क्याम्पसमा जित हात पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।