0 COMMENTS

चैत ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आईसीसी विश्वकप क्रिकेट लिग २ को खेलमा यूएईमाथि विजय प्राप्त गरेर विश्वकप छनोटमा पुगेका नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेको छ । पार्टीको युवा तथा खेलकुद विभागका इन्चार्ज उदयबहादुर चलाउने ‘दीपक’ ले वक्तव्य जारी गरी आगामी खेलयात्रामा अझै उत्कृष्ट प्रदर्शनको शुभेच्छा प्रकट गर्दै सम्पूर्ण टिम, प्रशिक्षक र व्यवस्थापनलाई बधाई ज्ञापन गरेका हुन् ।

दीपकले राजनीतिक अस्थिरता, आर्थिक पराधीनता र व्यवस्थापकीय जटिलताका बीचबाट पनि नेपाली क्रिकेट टिमले प्राप्त गरेको यो सफलताले नेपाली जनता र युवा जगत्लाई हर्षित बनाएको बताएका छन् ।विभागका इन्चार्ज दीपकले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘आईसीसी विश्वकप क्रिकेट लिग २ को खेलअन्तर्गत आज यूएईमाथि नेपालले विजय प्राप्त गरेको छ । लिग २ का १२ खेलमध्ये ११ खेलमा विजय हासिल गरेको नेपाल अब स्कटल्यान्ड र ओमानसँगै विश्वकप छनोटमा पुगेको छ । राजनीतिक अस्थिरता, आर्थिक पराधीनता र व्यवस्थापकीय जटिलताका बीचबाट पनि नेपाली क्रिकेट टिमले प्राप्त गरेको यो सफलताले नेपाली जनता र युवा जगत्लाई हर्षित बनाएको छ । खुसीको यस अवसरमा नेपाली क्रिकेट टिमलाई आगामी खेलयात्रामा अझै उत्कृष्ट प्रदर्शनको शुभेच्छा प्रकट गर्दै सम्पूर्ण टिम, प्रशिक्षक र व्यवस्थापनलाई हाम्रो पार्टी हार्दिक बधाई ज्ञापन गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।