0 COMMENTS

फागुन २१, धनगढी । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभा सचिवालयका अनुसार विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आठ दलीय गठबन्धनभित्र रहेका पार्टीसँग निर्णायक छलफल नगरी अविश्वासको मत लिन लागेको छ । नेकपा एमालेका नेता राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यता माओवादी केन्द्रको सुदूर-पश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने बताएको छ । माओवादी केन्द्रका संसदीय दलका उपनेता अक्कलबहादुर रावलका अनुसार शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

माओवादी बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको गरेको छ । माओवादी केन्द्रले विश्वासको मत नदिएपनि नागरिक उन्मुक्ति पार्टीले भने दिने संकेत गरेको छ । लिखित प्रतिवद्धता आए मत दिन सक्ने उन्मुक्तिका नेताहरुले बताएका छन् । तर, औपचारिक निर्णय भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।