0 COMMENTS

फागुन १३, काठमाडौँ । राष्ट्रपति पदको लागि नयाँ गठबन्धनबाट नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् । शुक्रबार भएको बैठकमा राष्ट्रपति पद नेपाली काँग्रेसलाई दिने आठ दलबीच सहमति भएको थियो । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैबीच नेकपा एमालेले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । अब राष्ट्रपतिको लागि पौडेल र निम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ ।

पौडेललाई आठ दल र निम्वाङलाई एमालेसहितका दलहरुका समर्थन रहने भएको छ । नयाँ गठबन्धनमा आठ दलको सुविधाजनक बहुमत भएकोले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित जस्तै रहेको छ । गठबन्धनमा ३१ हजार बढी मतभार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।