0 COMMENTS

कार्तिक २८, काठमाडौँ । चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडी आइतबार तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको गाडी तोडफोड भयो । गाडीमा लामिछाने थिएनन् तर, प्रचार टोलीसँगै उनी पनि जाँदै थिए ।

लेवाटारमा सत्ताधारी गठबन्धनको कार्यक्रम हुँदै थियो । कार्यक्रमबाट निस्केका एकजना युवाले लामिछानेको प्रचारमा हिँडेको गाडी रोकेर तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले घटनाबारे बुझेर जानकारी दिने बताए । उनले भने– ‘गठबन्धनका कार्यकर्ताले भन्ने कुरा आएको छ, बुझेर खबर गर्छु ।’

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गाडी फुटाउने गठबन्धनका एकजना कार्यकर्ताको पहिचान खुलेको छ । तर, प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन ।

मध्यान्ह गाडी तोडफोडबारे ‘बुझ्ने काम भइरहेको’ बताएका चितवनका एसपी नवराज अधिकारी सम्पर्कमा आउन चाहेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।