0 COMMENTS

कार्तिक २३, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध आपराधिक गिरोहले नेकपा (बहुमत) कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको छ । नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले विज्ञप्ति जारी गरी उक्त गुण्डागर्दीजन्य आपराधिक आक्रमणको घोर निन्दा, विरोध र भत्र्सना गरेका छन् । टाउकोमा तीन ठाउँमा गहिरो घाउ लागेको, आँखा र कानको बीचमा रहेको हड्डी भाँचिएको, दायाँ हातमा गम्भीर चोट लाग्नुका साथै खुट्टाको गोलीगाँठाको हाड भाँचिएको अवस्थामा पार्टीको रेखदेखमा बुटवलस्थित प्रादेशिक अस्पतालमा पुनको उपचार भइरहेको जानकारी दिँदै शार्दूलले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

विप्लव समूहको नाउँबाट नेकपा (बहुमत) का जिल्ला नेतामाथि भएको साङ्घातिक हमलाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराएको भन्दै ब्युरो इन्चार्ज शार्दूलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यकर्तामाथि राजनीतिक पूर्वाग्रहका कारण भौतिक आक्रमण गर्नु भनेको विचारको पतनको पराकाष्टा हो । क्रान्तिकारी पार्टीका नेता–कार्यकर्तामाथि भौतिक आक्रमण गर्नु भनेको विचारको शून्यताबाहेक अरू केही पनि होइन । यस्ता अराजनीतिक, गलत क्रियाकलाप बन्द गरी राजनीतिक हिसाबले प्रस्तुत हुन र घाइते कमरेडको उपचारको जिम्मेवारी लिन सम्बन्धित पक्षलाई सूचित गर्दछौँ । यस्तो अराजनीतिक व्यवहार सच्याउन हाम्रो पार्टी जिम्मेवारीपूर्वक अनुरोध गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।