0 COMMENTS

असोज २५, कपिलवस्तु । कपिलवस्तुको शिवगढीमा विप्लव समूहको महाधिवेशन उद्घाटन हुँदै गर्दा उनको पार्टीका कार्यकर्ता भने नेकपा बहुमतमा प्रवेश गरेका छन् । जिल्लको वाणगङ्गाबाट विप्लव नेतृत्वको नेकपाबाट कयौँ नेता–कार्यकर्ता नेकपा बहुमतम प्रवेश गरेका हुन् । विप्लव समूह र एमालेका गरी २ दर्जन कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश गरेको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाबाट वाणगङ्गा नगरसमितिमा रहेका नाथुराम थारू, डिस्को थारू, तिलकराम थारू, गिन्तीराम थारू, विष्णु थारू, रामलखन लोहार, सुरजकुमारी थारू, विष्णु थारू, फूलकुमारी थारू, लक्ष्मी थारू, अजयकुमार मिश्र, मुकेश यादव, चकदार थारू, सुग्रीम थारू, देववहादुर थारू, रामकेशव थारूलगायत रहेका छन् । यस्तै एमाले परित्याग गरी नेकपा (बहुमत) प्रवेश गर्नेहरूमा मोहन थारू, राजाराम थारू र मीना विक रहेका छन् ।

नेकपा र एमाले छोडेका कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै नेकपा (बहुमत) का सचिवालय सदस्य शार्दूलले संसदीय व्यवस्थाले जनताका पक्षमा काम नगर्ने भएकाले यो व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सबै क्रान्तिकारीहरूको एकता अनिवार्य भएको बताए । संसदीय पार्टीहरू जनतालाई लुटिखाने पार्टी भएकाले यो व्यवस्था मुठीभर मान्छेहरूको हितमा रहेको र यो व्यवस्था नफालेसम्म जनताको हित नहुने भएकाले यसलाई अन्त्य गर्नुपर्ने उनले बताए । यो व्यवस्था बहुसङ्ख्यक श्रमजीवी जनताको व्यवस्था नभएकाले यो व्यवस्थाले मङ्सिर ४ गते गराउने भनेको चुनाव आफ्नो पार्टीले अवज्ञा गर्ने निर्णय गरेको पनि उनले बताए ।

कार्यक्रमको सञ्चालन माया थापा र अध्यक्षता जिल्ला संयोजक सङ्र्घषले गरेका थिए । मङ्गलबार सम्पन्न पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज शेरमान, बानपा इन्चार्ज मिलन, ब्युरो सदस्य सन्देश शर्मा अतिथि थिए भने नवप्रवेशीका तर्फबाट नाथुराम थारूले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।