0 COMMENTS

असोज २४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेसमार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत उम्मेदवारी दर्ता भएको हो ।

२०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका उनलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन् । हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । उनी २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।