0 COMMENTS

भदाै २३, चितवन । अखिल (क्रान्तिकारी) चितवनको ३१ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) चितवनको क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न सम्मेलनले सविन खड्काको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

सम्मेलनले उपाध्यक्षमा प्रितम गुरुङ र विक्रम न्यौपाने, सचिवमा किरण गौतम, सहसचिवमा स्मृति गुरुङ, कोषाध्यक्षमा लक्ष्मी विक र सदस्यहरूमा सुमन प्रजा, विशाल नेपाली, ऋषि उपरकोटी, सस्कार भुजेल, रस्मिता उपरकोटी, बुद्धि प्रजा, विमल परियार, रोहित थिङ, संस्कृति भुजेल, अनुरोध केसी, एलिना परियार, इन्द्रमाया तामाङ, अभिषेक केसी, रोहन थिङ, निश्चल कार्की, बिन्दु नेपाली, सोनु नेपाली, पनिका नेपाली, बबिता नेपाली, रोजी सुनार, रक्षा तिमल्सेना, निराज रोक्का, कविन न्यौपाने, अमृत सुनार, मिलन भट्टराई, वर्षा दुरा, कला गुरुङ, रमेश परियार, हिमाल परियार, उज्वल परियार, कञ्चन अधिकारी, मञ्जु अधिकारी, सागर पाण्डे, अमिर परियार, राहुल मगर, हेना चौधरी, लक्ष्मी सुनार, अनीश पाण्डे, मनोज अर्याल, नम्बर तामाङ, साधुराम भुजेल, अभिषेक मोक्तान, युवराज उप्रेती, सागर थपलिया, अर्जुन गुरुङ, रोजन सेजर, अङ्कित गौतम, लक्ष्मी विक, सुस्मिता श्रेष्ठ, अञ्जली नेपाल, रोशन सेढाईं, अर्दिश सापकोटा, संजोज, निश्चल ठकुरी र अनिल सुनारलाई निर्वाचित गरेको छ ।

सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय कार्यालय सदस्य तथा ब्युरो इन्चार्ज आजादले जनयुद्धमा बलिदान गर्ने सुरेश वाग्ले ‘वासु’ लगायत महान् सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले अवैज्ञानिक शिक्षाप्रणाली अन्त्य गरी वैज्ञानिक शिक्षाप्रणाली लागू गर्नुपर्ने बताए । त्यसका लागि वैज्ञानिक समाजवाद अनिवार्य आवश्यक रहेको पनि उनले बताए । अवैज्ञानिक पुँजीवादी व्यवस्था र चुनावप्रणालीका साथै संसदीय दलाल पुँजीवादी व्यवस्थाकै अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्तिमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने पनि उनले बताए । त्यस्तै सम्मेलनका विशेष अतिथि अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले संसदीय चुनाव बहिष्कार गरिने बताए । उनले शिक्षामा भएको व्यापारीकरणविरुद्ध सम्झौताहीन सङ्घर्ष गरिने उद्घोष गर्दै अवैज्ञानिक शिक्षाको खारेजी गरिने प्रस्ट पारे । उनले वैज्ञानिक समाजवादी क्रान्तिबाट स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र विद्यमान शैक्षिक शोषण, दोहन र सम्पूर्ण बेथितिको अन्त्य हुने धारणा राखे ।

सम्मेलन उद्घाटन समारोहको अध्यक्षता सुमन श्रेष्ठले गरेका थिए । सम्मेलनका विशेष अतिथिहरूमा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष पूर्णबहादुर सिंह, चितवन जिल्ला इन्चार्ज महेश चौधरी, पार्टी केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो सदस्य आशिष र अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई थिए । त्यस्तै चितवन जिल्ला संयोजक विजय, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव नवराज भट्ट, घाइते तथा अपाङ्ग केन्द्रीय संयोजक रणदीप, थारू मुक्ति मोर्चाका केन्द्रीय संयोजक बुद्धि थारू, अखिल (क्रान्तिकारी) पूर्वकेन्द्रीय उपाध्यक्ष लालबहादुर तामाङ, अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय अध्यक्ष अञ्जना तामाङ, नवलपुर जिल्ला इन्चार्ज प्रेम चौधरीलगायतको आतिथ्य रहेको थियो ।

उक्त सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई, अखिल (क्रान्तिकारी) का पूर्वउपाध्यक्ष लालबहादुर तामाङ, क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) का नेता विकास रसाइली, अखिल नेपाल महिला सङ्गठन चितवनकी अध्यक्ष विमला शेर्पाले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिएका थिए । उक्त सम्मेलन उद्घाटन सत्रमा सविन खड्काले स्वागत र विक्रम न्यौपानेले सञ्चालन गरेका थिए । प्रमुख अतिथि आजादसहित अतिथिहरूले मैनबत्ती प्रज्वलन गरेर सम्मेलनको उद्घाटन गरिएको थियो । आफ्ना महत्वपूर्ण भनाइसहित अतिथिहरूले सम्मेलन सफलताको शुभकामना दिएका थिए । विकल्प खत्रीले प्यानल प्रस्ताव गरेका थिए । नवनिर्वाचित अध्यक्ष सविन खड्काको प्रतिबद्धता मन्तव्यपछि भेला समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।