0 COMMENTS

भदाै ६, काठमाडाैँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भदाै ७ गते भोलि (मंगलबार) नेपाल बन्द आब्हान गरेका छन् । नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमती सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन बिरुद्धमा नेपाल बन्द आब्हान गरेको हो ।

नेकपा विप्लवले कञ्चनपुरमा समेत नेपाल बन्दको आब्हान गरेको छ । नेकपा कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सहमति विपरित अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुल मुलुकलाई द्वन्द्वमा घकेलिरहेको जनाएको छ । आर्थिक मन्दी, आकासीदो महङगी, भ्रष्टाचार, कालोबजारी, राष्ट्रिय उद्योगी व्यवसायी धरासायी बन्दै सडकमा आउनुपर्ने अवस्थाले झन मुलुक जटिल अवस्थातर्फ उन्मुख भईरहेको चिन्ता व्यक्त गरिएको छ ।

नेकपा कञ्चनपुरका सचिव प्रकास मल्लद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आम हड्तालमा ऐक्यबद्धता जोहर गरिदिन अपिल गरिएको छ ।तर, नागरिक स्तरबाट भने बन्दको विकल्प खोज्दै अन्य विधीबाट संघर्षका कार्यक्रम अघि बढाउन समेत दलहरुमा माग अघि सारिदै आएको छ । नागरिकको अपिल जायज भएको तर, बाध्यताबस नेपाल हड्ताल आब्हान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।