0 COMMENTS

भदाै ५, काठमाडौँ । नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालको काठमाडौँ जिल्ला भेला सम्पन्न भएको छ । काठमाडौँस्थित त्रिचन्द्र कलेजको सभाहलमा शनिबार सम्पन्न भेलामा प्रमुख अतिथिका रूपमा सङ्गठनका केन्द्रीय अध्यक्ष हरिश भट्ट उपस्थित थिए भने अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य एवम् बागमती ब्युरो इन्चार्ज शरद रसाइली उपस्थित थिए । भेलाले सूर्यसिंह ठकुरी संयोजक र सुरज तामाङ सहसंयोजक रहेको २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्वाचित गरेको छ ।

भेलामा सङ्गठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले सङ्गठन यो महिनाभरि देशभरि भेला/सम्मेलनमा केन्द्रित रहने जानकारी गराउँदै त्यसपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा जनसङ्घर्षमा होमिने भएकाले त्यसका लागि तयार रहन निर्देशन दिए ।

कार्यक्रममा पार्टी सचिवालय सदस्य शरदले नवसंशोधनवाद र संसदीय संशोधनवादका विरुद्ध लडेर नेकपा (बहुमत) ले नयाँ ठाउँ र नयाँ शिराबाट क्रान्तिको सुरुआत गर्न लागिरहेको र देशका निम्ति युवाहरूले क्रान्तिको मेरुदण्डको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सङ्गठनका उपाध्यक्ष अविनाश कुँवर, कोषाध्यक्ष कविता कार्की, ललितपुर जिल्ला इन्चार्ज दिल, काठमाडौँ जिल्ला संयोजक हरि, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष विनोद थापा र अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरि श्रेष्ठको उपस्थिति र आतिथ्यमा सम्पन्न भेलामा काठमाडौँका विभिन्न नगरबाट प्रतिनिधित्व गर्दै ३०० भन्दा बढी युवा प्रतिनिधि÷पर्यवेक्षक उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।