0 COMMENTS

साउन २९, काठमाडाैँ । संस्कारको राजनीतिको वकालत र सूत्रपातको तथा राष्ट्रिय स्वाधीनताको रक्षा र वकातलको लागि उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । यसैगरी युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासंग जोड्न, दण्डहीनता, कुशासन, भ्रष्टाचार, हरेक खालको अन्याय र अत्याचारको विरुद्ध उम्मेदवारी अघि सारेको समेत उहाँले बताउनुभएको छ ।

उहाँले भन्नुभयो “यो उम्मेदवारी दलीय प्रणालीको विरुद्धमा पटक्कै हैन्, तर हाम्रोमा दलीयतन्त्रले उत्पादन गरेको भयावह राजनीतिक बिकृती र भागबण्डाको राजनीतिको विरुद्धमा छ।”

बेलायतबाट कानुनमा विद्यावारिधी गर्नुभएका डा. बस्नेत भोजपुरको विकट ठाँउमा जन्मिएर संघर्ष गर्दै राजधानी प्रवेश गर्नुभएको थियो । उहाँले नेपालबाट एकपटक र दास्रो पटक बेलायतबाट कानुनमै स्नातकोत्तर अध्ययन गर्नुभएको हो । त्यसपश्चात उहाँले मानवअधिकारको विषयमा बेलायतबाट विद्यावारिधी गर्नुभयो । उहाँ मानवअधिकारको विषयमा विद्यावारिधि गर्ने नेपालकै पहिलो व्यक्ति हुन् । अहिलेसम्म कसैको दाबी समेत नआएको उहाँको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको चक्रवर्ती हावी एजुकेशन ल युनिभर्सिटीमा प्राध्यापकको रुपमा उहाँका कार्यरत हुनुहुन्छ भने उहाँ खुला विश्वविद्यालयमा समेत प्राध्यापन गर्नुहुन्छ । उहाँका लेख तथा स्तम्भहरु एसिया टाइम्स अनलाईन, हङकङ, The Dawn नेशनल पेपर पाकिस्तान तथा युरो एसिया रिभ्यू एण्ड न्यूज एनालाइसिसमा समेत अंग्रेजी माध्यमबाट लेखहरु प्रकाशन हुदैँ आइरहेका छन् । स्तम्भकारको रुपमा परिचित डा. बस्नेतले नेपालबाट प्रकाशित हुने द हिमालयन टाइम्स, राइजिङ नेपाल, काठमाडौँ पोष्टमा समेत लेख तथा स्तम्भहरु प्रकाशन गर्दै आउनुभएको छ ।

२०३४ सालमा भोजपुरमा जन्मिएका डा. बस्नेतले एसएलसी भोजपुरबाटै उतिर्ण गर्नुभयो । हाल उहाँ काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं। १५ मा बस्दै आउनुभएको छ । अनुसन्धानकर्ता तथा अधिक्ताको रुपमा समेत परिचित डा. बस्नेतका मानव अधिकार सम्बन्धी कानुनमा दुइ तीनवटा पुस्तकहरु प्रकाशन हुने तयारीमा छन् । अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट उहाँका पुस्तकहरु छिट्टै प्रकाशित हुने भएका छन् ।

“अब हाम्रो परिभाषा हामी आफैँ लेख्नु पर्छ, हाम्रो साझा सपनाहरू हामी आफैँ तय गर्नु पर्छ” उहाँले
मेरो उम्मेदवारी किनरु भन्दै केही एजेण्डाहरु प्रस्तुत गर्नु भएको छ ।

– संस्कारको राजनितीको वकालत र सुत्रपातको लागि

– राष्ट्रीय स्वाधिनाताको रक्षा र वकातलको लागि

– युबाहरुलाई राजनितिमा आकर्षण गर्नको लागि

– राजनितिलाई सर्बसाधारण जनतासंग जोड्नको लागी

– दण्डहिनता, कुशासन, भ्रष्ट्रचार र हरेक खालको अन्याय र अत्याचारको बिरुद्दमा

– यो उम्मेदवारी दलिय सिस्टमको बिरुद्दमा पटक्कै हैन्, तर हाम्रोमा दलियतन्त्रले उत्पादन गरेको भयावह राजनितिक बिकृत र भागबण्डाको राजनितिको बिरुद्दमा समेत ।

काठमाण्डौं क्षेत्र न. ९ का आदरनिय सम्पुर्ण दिदिबहिनी हरु तथा दाजु भाइ समक्ष म ११ बुँदे चुनाबी एजेण्डाहरु लिएर उपस्थित भएको छु । यहाँहरुले मनन गरिदिनु हुनेछ भन्ने अपेक्षा राख्दछु । यो नेपाली जनताको साझा एजेण्डाको रुपमा मैले लिएको छु । यो साझा अभियानमा तपाईहरुको सुभेक्षा र सहयोग् अपरिहार्य छ । हामिले अब साहस देखाउँनै पर्छ । परिवर्तनको लागी अघी बढ्नै पर्छ । हामी आफैं अग्रसर हुनु पर्ने समय आयो । नत्र देशको अस्तित्व नै भयानक संकटमा पर्ने अवस्था देखिंदैछ ।

राजनिती अब पेशा हैन, सेवामा बदल्नु पर्छ । राजनिती अब जनताको लागि, सामाजिक न्यायको लागि, आउँदो पुस्ताको लागी, हाम्रै पालामा परिवर्तन गर्नु पर्छ भन्ने प्रतिज्ञा सहित म मेरो एजेण्डाहरु निम्न रुपमा प्रस्तुत गर्दछु:

१. संघियता खारेजी

२. निर्वाचन प्रणालीमा ब्यापक सुधार

– समानुपातिक प्रणालिको खारेजी

– अश्विकारको अधिकार र आफुले निर्वाचित गरेर पठाएको जनप्रतीनिधी असफल भएमा कार्यकाल सकिनु अघिनै जनताले फिर्ता बोलाउँन पाउँने अधिकारको सुनिष्चितता

– अप्रबासी नेपालीहरुलाई मतदानको अधिकार

३. न्ययापालिका, संबैधानिक अङ्गहरु र सबै सार्बजनिक संस्थाहरुलाई राजनिती भन्दा माथी राखिने

४. बिदेशनिति, कर्मचारी प्रशासन, शिक्षा, स्वास्थ्य र जनतालाई जिउँनको लागी अत्याबश्यक कुराहरुलाई दलिय राजनिती भन्दा माथी राख्ने ।

५. शैक्षिक संस्थाहरु सान्तीक्षेत्र बनाउँने । त्यहाँबाट सबै राजनितिक संगठनहरु हटाउँने

६. कानुनको शासन, लिङ्ग र जातको आधारमा गरिने हरेक खालको सामाजिक बिभेदहरुको अन्त्य गर्दै समतामुलक समाजको निर्माण र मानब अधिकारको रक्षा गर्ने । संक्रमणकालीन न्यायलाई अन्तराष्ट्रीय मानब अधिकार अनुसार टुङ्गोमा पुर्याउँने ।

७. हरेक खालको भ्रष्ट्रचार, नितिगत लट र अनियमिततालाई जरैबाट उखेल्ने ।

– २०४६ पछी शक्ती र सत्तामा बसेका सबैको सम्पती छानबिन गर्ने

– प्रधान न्यायाधिस, न्यायाधिस र संबैधानिक अङ्गका पूर्व र बर्तमान सबै पदाधिकारीहरुको शक्तिसाली नागरिक आयोग बनाएर सम्पती छानबिन गर्ने

– ब्यापारीहरुलाई करको दायरामा ल्याउँने । सम्पती सुद्दिकरण सम्बन्धी कानुनलाई सशक्त बनाउँने

८ आर्थीकरुपमा देशलाई आत्मनिर्भर बनाउँने । बिदेशी ऋण कम गर्दै जाने ।

– कृषी उत्पादनलाई अधुनिकिकरण गर्ने । युबा जनशक्तीलाई उद्दमशिल बनाउँदै रोजगारिको बाताबरण तयार गर्ने

– २०४६ पछी बेचिएका, नष्ट भएका सबै उधोग र कलकारखानाहरु पुनस्थापना गरिने

– नेपाली समाजलाई पलायनबादी मानसिकता बाट माथी उठाउँने । बिदेसमा पसिना बगाउँन बाध्य बनाईएका हाम्रा लाखौं लाख नेपाली दाजुभाई र दिदिबहिनी हरुलाई स्वदेस फर्काएर यहिं काम गर्ने वाताबरणको निर्माण गर्ने

९. संसदहरुको संख्या घटाउँने । मन्त्री परिषद सानो आकारको बनाउँने

१०. पदाधिकारी र पुर्बपदाधिकारीहरुको सुबिधामा भारी कटौती गर्ने र बिकासमा प्रयोग गर्न

११. राजनिती अब पेशा हैन, सेवामा बदल्नु पर्छ । राजनिती अब जनताको लागि, सामाजिक न्यायको लागि, आउँदो पुस्ताको लागी । हाम्रै पालामा परिवर्तन ।

धन्यबाद सहित

डा. ज्ञान बस्नेत, स्वतन्त्र उम्मेदवार, काठमाण्डौं क्षेत्र नं .९ (9851084278)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।