0 COMMENTS

साउन २८, काठमाडौँ । नेपालमा आज २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ३९९ जनाको पीसीआर परीक्षणमा १६२ जना र १ हजार ७६६ जनाको एन्टीजेन परीक्षणमा १०१ जना गरी जम्मा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ५०१ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ३०७ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव २ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट जम्मा मृत्यु हुनेको संख्या ११ हजार ९८६ पुगेको छ । यस्तै हाल नेपालमा ५ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप १ लाख २७ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।