0 COMMENTS

साउन २०, काठमाडौँँ । परिवर्तन एकजना बाटै सुरु हुन्छ । सरकारले मङसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेर राम्रो काम गरेको छ । नेपाली जनताले आउँदो निर्वाचनलाई विशेष बनाउनु पर्छ । परिर्वतनको लागि यो एउटा विशाल अवसर हो हामीलाई । यो पटक जनताले आफ्नो अमूल्य मत देशलाई जिताउँनको लागि गर्नु पर्छ, राष्ट्रिय स्वाधिनताको खातिर गर्नु पर्दछ, हरेक खालको सामाजिक र राजनीतिक अन्यायबाट मुक्तिको लागि गर्नु पदर्छ । यो पटक दलीय राजनीतिक भन्दा माथि उठेर थोरै भए पनि असलहरुलाई माथि नीति—नियम बनाउने ठाउँमा पठाउने काम गरौ ।

भोट हाल्नु अधि हजार पटक सोचौं । आउँदो पुस्तालाई आत्मामा राखेर सोचौं । हाम्रो सभ्यता र राष्ट्रिय अखण्डतालाई हेरेर सोचौं । एउटै भुल पटक—पटक दोहोर्याउने छुट अब हामीलाई छैन । लेण्डुपका नयाँ अवतारहरुलाई अब छानीछानी हराउनै पर्छ । यो जनताले आफ्नो तागत प्रदर्शन गर्ने बेला हो, अर्को पुस्ताको भविश्य आफ्नै हातले कोर्ने बेला हो, चतनाले काम गरौं ।

काठमाडौँ क्षत्र नं. ९ मा बसोबास गर्नुहुने सम्पुूण महानुभावहरुसँग अब चाँडै नै भेटघाट हुनेछ । म यहाँहरुको कुरा सुन्न आतुर छु । म सबैमा सादर अनुरोध गर्दछु—ः तीन दशकदेखि चलिआएको दलीय सिन्डिकेट, अनैतिक राजनैतिक भागवण्डा र दलीय विकृत विरुद्धमा शान्तिपूर्ण राजनीतिक परिर्वतन र सिस्टमको जर्गेनाको लागि यो निर्वाचनलाई परिर्वतनको संवाहकको रुपमा प्रयोग गरौं । एक पटक आँट गरौं, आँट गनै पर्छ । हामीले नगरे कसले गर्छ ? अब दलीय स्वार्थबाट माथि उठौं । राष्ट्र, समाज, यो भूगोल र मानवीय मूल्य र मान्यताहरु दलीय राजनीतिभन्दा धेरै माथि हुन्छ भन्ने मनन् गरौं । यो महान् सामाजिक अभियानमा सबै एक जुट भएर काम गरौं ।

अब हामी पराधीन मानसिकताबाट माथि उढ्नै पर्छ । परिर्वतन हाम्रै पालामा गर्नु छ । अब हामीले हाम्रो परिभाषा आफैँ कोर्दै निष्ठाको राजनीतिको सूत्रपात गर्नु छ । मेरो यो निस्वार्थ अभियानमा यहाँहरुको शुभेच्छा, सहयोगको हरदम अपेक्षा राख्दछु । जय देश ।

डा. ज्ञान बस्नेत स्वतन्त्र उम्मेदार, काठमाडौँं क्षेत्र नं. ९ (९८५१०८४२७८)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।