0 COMMENTS

साउन १९, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजी शोषणलगायत समाजमा विद्यमान आर्थिक विकृति र अन्यायविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालका अध्यक्ष हरिश भट्टले बिहीबार दिएको जानकारीअनुसार सङ्गठनले सर्वसाधारण जनताका समस्या समाधान गर्न सहयोग पुर्याउने उद्देश्यले मिटरब्याजी शोषणविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौँ उपत्यकामा यसअघि नै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइसकिएको छ । ज्ञापनपत्रमा अध्यक्ष भट्टले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्र बुझ्ने क्रममा प्रमुख जिल्ला अधिकारीहरूले युवा सङ्गठनले राम्रो अभियान ल्याएकाले आफूहरूको पूरा सहयोग रहने बताएको जानकारी युवा स्वयम्सेवकका अध्यक्ष भट्टले दिए ।

यसअघि साउन १० गते अध्यक्ष भट्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जनताको उठीबास लगाउने मिटरब्याजी प्रथा खारेज गर्न, यस किसिमका जनतामारा सूदखोर र ठगहरूलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।