0 COMMENTS

साउन १८, काठमाडौँ । नेपालमा आज ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ९१ जनाको पीसीआर परीक्षणमा ५९० जना र २ हजार ९११ जनाको एन्टीजेन परीक्षणमा ३२५ जना गरी जम्मा ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३०१ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ९२६ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव २ प्रतिशत हो ।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै हाल नेपालमा ५ हजार ४३३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।