0 COMMENTS

साउन १७, काठमाडौँ । नेपालमा आज ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षणमा ३०५ जना गरी जम्मा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २९९ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६२५ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ३ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा कसैको पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । यस्तै हाल नेपालमा ५ हजार १४४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।