0 COMMENTS

साउन १५, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धमेन्द्र बास्तोला ‘कञ्चन’ ले अहिलेको संविधानले देशको रक्षा गर्न नसक्ने भन्दै व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् ।

पार्टी कार्यक्रता भेटघाट कार्यक्रममा अर्घाखाँची पुगेका संयोजक कञ्चनले शितगंगामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अहिलेको संसदीय व्यवस्थाको संविधानलाई सिमित व्यापारीले समेत राज्य नियन्त्रण गर्न सक्ने गरि बनेकोले संसदीय व्यवस्था हटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गरेर देशलाई अस्थिरताको बन्दीबाट हटाउन सकिने बताए । अहिलेका सांसदहरू निर्वाचनमा करोडाँ खर्च गरेर निर्वाचित हुने भएकोले मन्त्री बनेपछि उनीहरूले राज्यको स्रोत साधान दुरुपयोग गर्ने भएकोले यो प्रणलीको अन्त्य गरि संविधान परिर्वतनको जरुरी रहको बताए ।

माओवादी जनयुद्धले गणतन्त्र ल्याएको तर माओवादी पार्टी पनि अरू संसद्वादी पार्टीजस्तै बनेर बिस्तारै जनताको भावनाविपरीत लागेको नेता कञ्चनले बताए । प्रचण्डले जस्तै विप्लवले पनि संसदीय प्रणाली स्वीकार गरेकाले उनलाई समेत पार्टीको बहुमतले कारबाही गरेर नेकपा (बहुमत) निर्माण गरेको उनले बताए ।

नेकपा (बहुमत) एमसीसीको सधै विपक्षमा रहेको बताउँदै देशलाई विदेशीको गुलाम बनाउन सिमित सांसद प्रलोभवमा समेत परेर राज्यलाई नोक्सानी पुर्याइरहेको संयोजक कञ्चनले बताए । उनले कम्युनिस्ट पार्टीहरू नेपालमा बिचारधारा बाहिर रहेर पदको लागि कम्युनिस्ट बनिरहेको बताए । नेपालमा समेत पुँजीवाद हावी भएकोले निष्ठाको राजनीति हराउँदै गएकोले अब जनताले प्रत्यक्ष रुपमा सडकमा उत्रिए र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गर्नु पर्नेमा नेकपा (बहुमत) को मुल उद्देश्य रहेकोले पनि पार्टी देश र जनताको पक्षमा रहिरहने कञ्चनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।