0 COMMENTS

साउन १५, काठमाडौँ । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरे ।

पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो। भूकम्पले खोटाङ आसपासका जिल्लाहरुमा भने निक्कै हल्लाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे कुनै विवरण भने प्राप्त हुन सकेको छैन । त्यसअघि आइतबार बिहान करिब सवा आठ बजे पनि भूकम्पको धक्का महसुस गरिएको हो ।

इएमएससीका अनुसार धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यद्यपि, यसको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रले भने हालसम्म जारी गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।