0 COMMENTS

साउन ११, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा उच्च जीपीए अर्थात ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरूले परीक्षा दिएका थिए ।

यसरी हेर्नुहोस् नतिजा

रा.प.बाेर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०   www.see.gov.np

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np

नेपाल टेलिकम www.see.ntc.net.np

SMS र IVR जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)

इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)

आकाश टेक प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३१००३)

नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।