0 COMMENTS

साउन ४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ । मंगलबार सकिएको पार्टीको ३२ औं केन्द्रीय सचिवालयको बैठकले त्यस्तो निर्णय गरेको हो ।

सचिवालयको बैठकले विचार मिल्ने वामपन्थी दलहरुको बीचमा एकताको लागि पहल गर्ने समेतको निर्णय गरेको पार्टीका महासचिव डा. बेदुराम भुसालले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले केन्द्रीय परिषद् बैठकबाट पारित भएको कार्ययोजनाको समीक्षा र कार्यान्वयनबारे छलफल गरेको छ । संगठन सुदृढीकरणको योजनाबारे पनि बैठकमा छलफल भएको, पार्टीले समाजवादको वस्तुगत अवधारणा बनाउने, अहिले देखिएको आर्थिक संकट समाधानका लागि पार्टीको धारणा बनाउने विषयमा सचिवालयमा छलफल भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।