0 COMMENTS

साउन २, काठमाडौँ । नेपालमा आज ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३४१ जनाको पीसीआर परीक्षणमा ३८६ जना र २ हजार ३१० जनाको एन्टीजेन परीक्षणमा ७१ जना गरी ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४८ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ६४ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ७७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप ९८ हजार ९०० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।