0 COMMENTS

असार ३२, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) अन्तर्गतको नेपाल भुजेल संघ (समाजवादी) केन्द्रीय भेला शनिबार काठमाडौँमा सम्पन्न भएको छ । भेलाले क. रवीन्द्रकुमार भुजेलको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

भेलालाई सम्वोधन गर्दै प्रमुख अथिति एकीकृत समाजवादीका स्थायी समिति सदस्य एवं मोर्चा संगठन सह–इन्चार्ज भबिसोर पराजुलीले जनजातिका हक अधिकार सुनिश्चित गर्नुपर्ने र संविधानले जनजातिलाई दिएको अधिकार कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिनुपर्ने बताउनु भयो । पार्टी र मोर्चा संगठनको सम्वन्ध नङ र मासुको हुने धारणा राख्दै नेता पराजुलीले पार्टीको नीति, योजना कार्यक्रम अनुसार संगठनलाई मजबुद र चुस्तदुरुस्त गराउनु पर्नेमा जोड दिनु भयो ।

भेलामा विशेष अथिति पार्टीका केन्द्रीय सदस्य एवं नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) का अध्यक्ष पासाङ शेर्पाले पनि बोल्नु भएको थियो । भेलामा पार्टी केन्द्रीय सदस्य बालकृष्ण लम्सालको पनि उपस्थिति थियो ।

पार्टीको केन्द्रीय सदस्य मनराज भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) का महासचिव चन्द्र तामाङले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।