0 COMMENTS

असार ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज बिहान प्रदेश १, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

बाँकी प्रदेशका कुनै स्थानमा आंशिक बदली भए पनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्यता बदलीको सम्भावना रहेको छ । राती देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने महाशाखाको अनुमान रहेको छ । प्रदेश १, बागमती र गण्डकीका थोरै र अन्य प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।