0 COMMENTS

असार २३, काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान सुरु भएको छ । नगरपालिकाको १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो । पालिकामा १३ हजार पाँच सय मतदाता रहेका छन् । सबै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत वैशाख ३० गतकोे मतदानको क्रममा विभिन्न मतदानस्थलमा एमाले र काँग्रेस कार्यकर्ताहरुले बुथ कब्जा गरेपछि मतदान स्थगित भएको थियो ।

मतदानस्थलमा सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।