0 COMMENTS

असार २०, काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूको भेटघाट भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आइतबार साँझ ललितपुरको हातिबनमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काँग्रेसको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।