0 COMMENTS

असार १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा पूर्वी उपत्यका विकाश अभियानका अध्यक्ष भबिसोर पराजुलीद्वारा मनोहरा खोलाको पुलको निरीक्षण गर्नु भएको छ ।

शनिबार सो अभियानका अध्यक्ष भबिसोर पराजुलीले खोलाको पुलको निरीक्षण गर्दै स्थानीय जनतालाइ तत्काल सेवासुविधा दिनको लागि त्यसलाई छिटो सम्पन्न गर्न संवन्धित पक्षलाई ध्यानाकर्षण गराउनु भएको छ । विकाश अभियानका अध्यक्ष पराजुलीकै पहलमा सो पुलमा बजेट परेको थियो । त्यस्तै शनीबार नै पराजुलीले पूर्वी उपत्यकाको मूलपानी स्थित क्रिकेट रंगशाला निर्माणकार्यको अवलोकन गर्नुभएको थियो ।

कोटेश्वरदेखि संखरापुरसम्मको क्षेत्र समेटिएको पूर्वी उपत्यकामा यस अभियानले विकासका लागि विभिन्न योजनाको पहल गर्दै आएको छ । यस क्षेत्रमा शुद्ध पिउने पानी, दीर्घकालीन ढल निकास, यस क्षेत्रका स्थानीय सडकहरुको कालोपत्रे र स्तरोन्नति, कृषकलाई अनुदान सहितको सेवासुविधा दिई कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, मनोहरा खोलाको तटवन्धन, सरसफाई, त्यसको किनारमा रहेको पर्ती जग्गामा पार्क, मनोहरा करिडोर जस्ता महन्वपूर्ण विकासका योजना सफल पार्न जोडदार पहल गरिरहेको छ ।

पराजुलीले भने, ‘हामीले विकासका योजना लागू गराउन पहल मात्र होइन योजनाहरुको अनुगमन र निरीक्षण पनि गरिरहेका छौं । हाम्रा यी प्रयासहरुलाई यस क्षेत्रका जनताको ठूलो सहयोग र समर्थन रहँदै आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।