0 COMMENTS

असार १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाले अध्यक्षमा मिलन राई, उपाध्यक्षमा वीरेन्द्र शाह, महासचिवमा रूपा बुढामगर, सचिवमा नवराज भट्ट र कोषाध्यक्षमा दीपक बिष्टलाई निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक नवनिर्वाचित केन्द्रीय सदस्य तथा सहिद प्रज्वल शाहीकी बहिनी कलशा शाहीको अध्यक्षतामा बसी अध्यक्ष मिलन राई, उपाध्यक्ष वीरेन्द्र शाह, महासचिव रूपा मगर, सचिव नवराज भट्ट र कोषाध्यक्षमा दीपक बिष्टलाई चयन गरेको थियो । नवनिर्वाचित केन्द्रीय समितिलाई सहिद प्रज्वल शाहीकी बहिनी मनीषा शाहीले शपथ गराएकी थिइन् ।

विशेष राष्ट्रिय भेलाले ७६ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै साङ्गठनिक–राजनीतिक प्रतिवेदन र विधान पनि पारित गरेको छ । नेकपा (बहुमत) का संयोजक कञ्चनले सनराइज स्मृति दिवसको दिन काठमाडौँमा भेला उद्घाटन गरेका थिए । भेलामा पार्टी संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, मोर्चा इन्चार्ज सिंहलगायतले प्रशिक्षणमूलक भनाइहरू राखेका थिए । देशभरिका सबै ब्युरोबाट तीन सय हाराहारी प्रतिनिधि/पर्यवेक्षक भेलामा सहभागी थिए । प्रतिनिधिलाई आठ समूहमा विभाजित गरेर विधान र प्रतिवेदनमाथि छलफल गराइएको थियो । पत्रकार सम्मेलन गरेर विशेष राष्ट्रिय भेलाका निर्णय र कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भेलाले चयन गरेका केन्द्रीय सदस्यहरूमा विकास रसाइली, सुदीप शाही, कृष्ण खड्का, वीरेन्द्र नेपाली, स्मृति कार्की, हिक्मत परियार, गणेश थापा, आइशा भुजेल, सयन्द्र राई, बाला राई, निशान कटुवाल, अब्दुलसतार अन्सारी, दिलीप दास, वीरेन्द्रकुमार मण्डल, निर्मला खड्का, सन्देश सापकोटा, पदम नेपाली, सोमपाल कामी, तिलक विष्ट, नवराज विश्वकर्मा, सनदेवी शाही, दीपेन्द्रसिंह, मोहन धामी छन् । त्यसैगरी भेलाले चयन गरेका अन्य केन्द्रीय सदस्यहरूमा हरिश ऐरी, प्रकाश भट्ट, सुनिल भूल, दीपक भण्डारी, मनीषा परियार, केश घले, लक्ष्मण तामाङ, शिवशङ्कर तामाङ, रोशन यादव, केशव भट्टराई, सुयन श्रेष्ठ, रूपासिंह ठकुरी, सपना बुढामगर, कलशा शाही, निराजन किराती, राजन साउद, कोपिला अधिकारी, बीपी भट्ट, भीम ऐडी, विशाल जिरेल, विकल्प खत्री, रमेश सुनार, गोविन्द विष्ट, विकास राई, एकराज राई, हरि विष्ट, प्रदीप बम्जन, आयुष घिमिरे, प्रेमप्रशान्त बोहोरा, विनय खडका, पदम विक, उपेन्द्र परियार, गगन परियार, अमृत श्रेष्ठ, कमला परियार, डीबी शाही, पारस राहदी मगर, इन्दु ओली, नवीन खड्का, टेकेन्द्र पाठक, लक्ष्मी शाह, सुरेन्द्र बस्नेत, राजन राई र प्रवीण ठाकुर रहेका छन् ।

नेकपा (बहुमत) का संयोजक, प्रवक्ता, कार्यलय सदस्य, मोर्चा इन्चार्जलगायत नेताहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका थिए । आइतबार उद्घाटन भएको भेला मंगलबार समापन भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।