0 COMMENTS

जेठ २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । पाँचदिने भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका लामिछानेले आज प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । भेटवार्ताको समय भने खुलाइएको छैन ।

भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका लामिछानेले मङ्गलबार भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा अध्यक्ष नितिन नवीनसहित शीर्ष नेताहरूसँग वार्ता गरेका थिए । त्यसपछि आज लामिछानेले मोदीसँग वार्ता गर्न लागेका हुन् । लामिछाने २२ गते नेपाल फर्किने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।